२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

समानुपातिकतर्फ एमालेले ल्यायाे २७ लाख ८८ हजार ३५६ मत, अन्य दलको कति ?

१९ मंसिर, काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । हालसम्म १ करोड ४ लाख २० हजार १२५ मत गणना गर्दा एमालेले सुरूवातदेखिको अग्रता कायमै राखेको छ ।

अहिलेसम्म नेकपा एमालेले २७ लाख ८८ हजार ३५६ मत प्राप्त गरेर अग्रस्थानमा रहेकाे छ । नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत ल्याएर  दोस्रो स्थानमा रहेकाे छ । माओवादीले ११ लाख ६२ हजार १२४ मत पाएर तेस्रो स्थानमा रहेको छ । ११ लाख २४ हजार ५४३ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थान कायमै राखेको छ ।

राप्रपा ५ लाख ८६ हजार ६३८ मत ल्याउँदा जसपाले ४ लाख २० हजार ९४६ मत पाएकाे छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५२६ मत ल्याएकाे छ भने नेकपा एसको २ लाख ९४ हजार ३६२ पाएकाे छ । त्यस्तै, नागरिक उन्मुक्तिले २ लाख ७१ हजार ६६२ मत पाएकाे छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ११:२८