२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

लगातार बढ्दै सुनको मूल्य, ताेलाकाे पुग्याे ९९ हजार ९०० रुपैयाँ

१९ मंसिर, काठमाडाैं ।  सुनको मूल्य लगातार बढिरहेकाे छ ।  आज पाँचौँ दिन पनि सुनको मूल्य बढेकाे हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै साेमबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ र तेजाबी सुन ९९ हजार ४०० रुपैयाँमा काराेबार भएकाे छ ।

अघिल्लाे काराेबारकाे दिन आइतबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो । यो दिन छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २५ रुपैयाँले बढेर१ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : December 5, 2022 at 11:16 am