२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले नेता गोकुल बाँस्कोटामाथि पटक पटक हमला किन ?

१९ मंसिर, काठमाडाैँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एव प्रतिनीधीसभा सदस्य गोकुल बाँस्कोटाले आफ्नो घरमा बम राखेको विषयमा छानविन गर्न सरकारसँग माग गरेका छन । हिजो बिहान लोकन्थलीस्थित घरको परिसरमा शंकास्पद वस्तु भेटिएको विषयलाई बास्कोटाले आफू माथि पटक पटक कसले र किन हमला गर्छ भनि प्रश्न गरेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा गएराति स्टाटस लेख्दै बाँस्कोटाले भनेका छन ‘मान्छेलाई मार्न सकिन्छ तर उसको विचार र उसलाई कहिल्यै हराउन सकिन्न ।’ बास्कोटाको आफूमाथि भएको लक्षित गतिविधिबारे अचम्मित भएको उल्लेख गर्नु भएको छ । आफू माथीको टार्गेटको छानबिन गर्ने कार्य सरकारको भएको पनि उहाँको भनाइ छ । ‘पटक पटक कसले र किन ममाथि हमला गर्छ ?’, बास्कोटा लेख्छन , ‘म अचम्मित छु । सत्य तथ्य पत्ता लगाउने काम सरकारको हो ।’ हिजो बिहान बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु फेला परेको थियो । यस अघि २०७६ सालमा पनि बास्कोटाको घरमा कुकर बम बिस्फोट भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १०:४०