९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

दोलखामा एमाले पराजयको नैतिक जिम्मेवारी लिँदै सचिव हिरा थोकरले दिए राजिनामा

१९ मंसिर, दोलखा । प्रतिनिधिसभा निर्वाचनमा दोलखामा एमालेको उम्मेदवार ३१८ मतान्तरमा पराजित भएपछि एमाले जिल्ला कमिटीका सचिव हिरा थोकरले पार्टीको जिम्मेवारीबाट राजिनामाको घोषणा गरेका छन । सोमबार बिहान मतपरिणामा सार्वजनि भएलगत्तै मेलुङ गाउँपालिकाको अध्यक्ष समेत रहेका थोकेर पार्टीको हारमा नैतिक जिम्मेवारी लिँदै सचिव पदबाट राजिनामाको घोषणा गरेका हुन ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन, ‘प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेकपा एमाले दोलखाको पराजयमा नैतिक जिम्मेवारी लिदै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवबाट राजिनामा घोषणा गर्दछु।’ थोकरले नेकपा एमालेका बलकृष्ण शिवाकोटी पराजित हुनुको मुख्य कारण गठबन्धन र बुथ कब्जामात्र नभएको निष्कर्ष निकालेका छन ।

प्रकाशित मिति : December 5, 2022 at 10:20 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/