२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

दोलखामा एमालेका बालकृष्ण शिवाकोटीको ३० मतको अग्रता

१९ मंसिर, काठमाडौँ । दोलखाको प्रतिनिधिसभा सदस्यको मतगणनामा एमालेका बालकृष्ण शिवाकोटीले ३३९३९ मतसहित अग्रता सुरू गरेका छन । त्यस्तै ३० मतले पछि परेका माओवादी केन्द्रका गंगा कार्कीले ३३९०९ मत प्राप्त गरेका छन । अब चार वडाको मतगणना बाँकी रहेको र त्यसमध्ये १ बुथ माओवादीसहितको गठबन्धनले कब्जा गरेको बुथ रहेको बताइएको छ ।

विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १ (दुधपाेखरी), २ (भुषाफेदा), मेलुङ गाउँपालिका १ (पवटी) को मतगणना बाँकी रहेको छ । जसमध्ये शैलुङ गाउँपालिका २ (भुषाफेदा)को बुथ गठबन्धनले कब्जा गरेको रहेको बताइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०७:२३