२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमालेसँग पराजित भएपछि रूपन्देहीबाट हराएका घनश्याम भुसाल माधव नेपालको निवासमा झुल्किए

१८ मंसिर, काठमाडौँ । पाँच दलीय गठबन्धनको साझा उम्मेदवारको रूपमा रूपन्देही १ मा त्रिभुज चिन्हमा चुनाव लडेर एमालेका सचिव छविलाल विश्वकर्मासँग भारी मतान्तरमा पराजित भएका घनश्याम भुसाल आइतबार माधवकुमार नेपालको निवासमा देखिएका छन ।

माधव नेपाललाई बधाई दिएर सामूहिक तस्बीर खिचाउँदै गरेको अवस्थामा भुसाल सार्वजनिक भएका हुन । एमालेबाट टिकट नपाएपछि अन्तिम समयमा उनी एमाले छाडेर पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका थिए ।

एमाले सचिव छविलाल विश्वकर्माले २४८७२ मत प्राप्त गर्दा सत्ता गठबन्धनको समर्थन रहेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले २१३०८ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार २२:३२