११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026

दोलखामा एमालेका शिवाकोटीले बढाए अग्रता

१८ मंसिर, काठमाडाैं । एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको दोलखामा नेकपा एमालेले अग्रता बढाएको छ। हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले १८ हजार तीन सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : December 4, 2022 at 2:24 pm