२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले नेता गोकुल बाँस्कोटाको घरमा भेटिएको प्रेसर कुकर बम नभएको पुष्टि

१८ मंसिर, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाको घरमा भेटिएको प्रेसर कुकर बम नभएको पुष्टि भएको छ । भक्तपुरको लोकन्थलीमा रहेको बाँस्कोटाको घरमा आतबार बिहानै कम्पाण्डभित्र प्रेसर कुकर शंकास्पद अवस्थामा देखिएको थियो । घटनास्थलमा पुगेको सेना र प्रहरीको डिस्पोजल टोलीले उक्त कुकरमा बम नभएको बताएको छ । सेनाको बम डिस्पोजल टोलीले प्रेसर कुकर बम जस्तो देखिएपनि बम नभएको प्रष्ट पारेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १०:०१