२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रतिनिधिसभामा विजयी भएपछि प्यूठानी जनताको बीचमा सूर्य थापाको १० दिन

१८ मंसिर, काठमाडाैँ । पाँच दलीय गठबन्धनकी उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई भारी मतान्तरमा पारजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापा अहिले पनि प्यूठानका जनताकोबीचमा रहेका छन । चुनावअघिको घरदैलो जस्तै शैलीमा थापा मतदाताको घरघरमा पुगेर धन्यवाद दिइरहेका छन । परिणामको १० दिनको दिन थापाले सामाजिक सञ्जाल मार्फत आफ्ना गतिबिधि सार्वजनिक गरेका छन । पहिलो प्रयासमै सांसद हुन सफल थापाको विजयी भएपछिको यस्तो छ १० दिन ।

२०७९ मंसिर ८ गते राति ११:४५ बजे घोषित निर्वाचन परिणामअनुसार म प्युठानबाट गठबन्धन पार्टीका उम्मेद्वारभन्दा ५,३०४ बढी मत ल्याएर प्युठानबाट म प्रतिनिधिसभा सदस्य र तुल्सीराम शर्मा प्रदेशसभा सदस्य-१ मा विजयी भयौं।

मंसिर ८ गते

भोलिपल्ट बिहानै सदरमुकाम खलंगा, बुढाचौर र कसेरीसम्मका मतदततालाई घरटोलसम्म पुगेर धन्यवाद दियौं। दिउँसाे चारबजे मुख्य निर्वाचन अधिकृतबाट निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेर खलंगा, सारीबाङ, बाग्दुला, टिकुरी, पुण्यखोला, बिजुवार, नयाँबजार, विजयनगर, दाखाक्वाडी र क्वाडीसम्म -याली गर्दै मैले मतदाताको बधाई ग्रहण गरें। र, राति ११:३० बजे झिमरूक-१, सौतामारे पुगेर आमालाई घरमै भेट्नुका साथै पारिवारिक बधाई ग्रहण गरि कुलघर पुगेर मध्यरातपछि सदरमुकाम खलंगामा २:०० बजे मात्रै सुत्न पाएँ।

मंसिर ९ गते

बिहानभरि मतगणना स्थलमा समानुपातिकतर्फको परिणामबारे जानकारी लिनुका साथै पार्टीका तर्फबाट मतगणनामा संलग्न कमरेडहरूलाई आवश्यक निर्देशन दिई प्युठान नगरपालिका -८ को बाग्दुला-उपल्लो दम्तीसम्म पुगेर बधाई ग्रहण एवं धन्यवाद ज्ञापनमा लागें।र, ११:०० बजे चेरनेटा, चिन, जाबुने, नेपाने,सिर्सेनी, अमिले, मान्द्रे, तल्लो मान्द्रे, जुडा हुँदै राति १०:०० बजे बराैंला पुगेर गुरूवर देवीराम पाेखरेलको निवासमा ११:०० बजे मात्र आराम गर्न पाएँ।

मंसिर १० गते

बिहान ७:०० नबज्दै बैरेनीमा मित्र हुमलाल पाण्डेको घर टाेलमा पुगेर बधाई ग्रहणगरी माेति हाइस्कुलको पुरानो परिसरमा स्थानीयको बधाई एवं सम्मान लिएँ। अनि गाेठीबाङ र सराङबेसी पुग्नेक्रममा बाटाेभरि फुलका माला र टीका थाप्दै अघि बढें। त्यहाँबाट फर्केर हरियाटारी हुँदै पकलाबेसीमा आदरणीय भरतविक्रम शाह र ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाह निवासमा बधाई ग्रहण गर्न पुगें। अनि, जाडी, हर्नाघाट, कैरन, छाप पुगेर ऐरावति -६ बाहेकको भेटघाट, बधाई ग्रहण र धन्यवाद ज्ञापन सम्पन्न भयो।

सोही दिन माण्डवीको भेटघाट रम्दीबाट अघि बढ्याे। तिग्रामा सहिद मित्रमणी आचार्यका दाजु आदरणीय टोपाराम सर र अग्रज व्यक्तित्व चक्रबहादुर रोकासहित स्थानीयको बधाई र शुभकामना लिएर हामी जस्पुर, देवीस्थान, तिराम, गोलबाङ, मुर्कुटी बजार(दाङ), रातापानी, ढिकाबन, बगुवा, छबिसे र कुमालटार हुँदै जनताको अपार मायाका साथ अघि बढ्यौं। र, नयाँगाउँ, आपचौर, धाेवाघाट, डाँडाकटेरी, धरम्पा भएर सिरूबारी र सल्लीखर्कमा बधाई ग्रहण र धन्यवाद दिंदादिंदै राति ११:०० बज्याे। त्यहाँबाट जस्पुर आई आराम गर्दा रातको १२:०० नै बज्याे।

मंसिर ११ गते

बिहान ७:००बजे लामाचौरबाट स्वर्गद्वारी नगरपालिकाको भेटघाट, बधाई र स्वागत शुरू भयाे। लगत्तै ब्रम्हकुमारी राजयाेग इश्वरीय विश्वविद्यालय लामाचौर केन्द्रले गरेको स्वागतमा सरिक भयाैं। अनि पैदल र गाडीमा जुडापाटा, गोठीवाङ, भिङ्ग्री, जलुके, चिराबारी हुँदै रोल्पाको सिमाना त्रिवेणीसम्म पुगियाे। र, धनबाङ खोलैखोला बाटोमा स्वागत र बधाईका माला पहिरिदैं धनबाङस्थित मगर होमस्टे पुगेर दिउँसोको खाना खायौं । त्यसपछि खाल, अढाइबास र नस पुगेर धरमपानी, रूमाले, धर्मशाला हुँदै भिंङग्री, सोत्रे, ताप र सारी पुगेर भोलिपल्ट झिमरूकको लागि जस्पुरमा खाना खाई बाग्दुलातर्फ प्रस्थान ग-याै र राति ११:०० बजे होटलमा आराम गर्न पुग्यौं।

मसिर १२ गते

बिहान ७:३० बजे घुम्नेठाँटीबाट उहीँ क्रम थालनी भयाे। त्यहाँ मेघबहादुर केसीसशित अरू मान्यजन र स्थानीयबासीले स्वागत गर्दै बधाई भन्नुभयाे, टीका र माला लगाउने क्रम अघि बढाउँदै आदरणीय चिन्तामणि पाेखरेलको निवास, चिसावाङ, अर्घली, मच्छी, चुदाराफेदी, बाङगेफेदी, गर्तङफेदी, उपल्लो खर्क हुँदै बाजागाजासहित सौतामारे, सानीपोखरी पुग्यौं। जहाँ प्युठान, अर्घाखाँची र गुल्मी-२ का प्रतिनिधिसभा सदस्यहरूकोे स्वागतमा संयुक्त कार्यक्रम आयोजना गरिएको थियाे। अर्घाखाँचीबाट आदरणीय नेता टोपबहादुर रायमाझी, चेतनारायण आचार्य र रामजी घिमिरेसहित नवनिर्वाचित सांसदहरू, मेरा गुरूहरू र सहपाठी साथीहरूको समेतको उल्लेख्य उपस्थितिमा बधाई ग्रहण र धन्यवाद ज्ञापन गरियाे।त्यहाँबाट फर्केर बाघमारा, डाँडाखर्क, सिलिङ्गे, देउराली, काशीपाेखरा, मैदान, हिरापोखरी, नब्बे, आरूपाटा र दारिमचौरमा बधाई ग्रहणगरी ढाँडबजार पुगेर समापन ग-यौं र बास बस्न बाग्दुला पुगी राती ११:०० बजे सुत्यौं।

मंसिर १३ गते
बिहान ६:०० बजे बाग्दुलाबाट सरूमारानीका लागि प्रस्थान भयाैं। ७:३० बजे बड्डाँडास्थित प्यानोरामा भ्यूमा पुगेर कफी खाएर साथीहरू जम्मा भयाैं। अनि ८:०० बजे साेलिघोप्टे, भकुण्डेबाट नियमित कार्य अघि बढ्यो। पालुकाथानमा जिल्ला पार्टी उपाध्यक्ष तथा गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा र श्रीमती विश्वकर्मासहितले स्वागत गर्नुभएपछि हामी साजकोट, गठेरी, गाहाचौतारा, दोमै हुँदै झिमरूक र माडी नदी मिसिएर राप्ती नदी बनेको स्थान ऐरावती पुगेर फर्क्याैं। अनि दोमै, सुदिनपुर, पालुकाथान हुँदै बड्डाँडाबजार र जस्पुरबजार पुगेर बधाई ग्रहण र धन्यवाद भन्यौं। त्यसपछि आँटीटार हुँदै बाङ्गेसाल, दरभान, ददेरी र गनाहाफाँट र गनाहास्कुल पुगेर राती ८:०० बजे कार्यक्रम समापन गरी पार्टी अध्यक्ष विजयविराज विष्टको देवालीको निम्ता मान्न विजयनगर पुग्याैं र राति ११:०० बजे बाग्दुलामा बास भयो।

मंसिर १४ गते

बिहान ८:०० बजे सारीबाङबाट नियमित कार्य शुभारम्भ भयाे। धरमपानी, बड्डाँडा, पाण्डेडाँडा हुँदै गुडकसेरी, धरमपानी छेडार चौरपानी, चूँजाठाँटी, कुँडार, मुण्डाँडा, अर्बाङ देउराली, चुँजा भएर ७:३० बजे बिजुली चिउरापानी पुग्याैं र बाजागाजासहित ऐरावति -६ सहितको बधाई तथा धन्यवाद ज्ञापन समापन गरी बिजुलीमा खड्का र थापाबन्धुहरूको देवालीमा भेटीसहित कुलघर पुगेर इष्टमित्रहरूसँग भेटेर खलंगा फर्किंदा राति ९:०० नै बज्यो ।

मंसिर १५ गते

नेपालकै प्रसिद्ध र चर्चित रहेको रिजाल बन्धुहरूको लुङको देवालीमा आलम प्रदर्शनी अवलाेकन गर्न बिहान ५:०० बजे उठेर खलंगा, दाखाक्वाडी,बिजुवार र बाग्दुला हुँदै बाहनेबजार भएर ६:४५ बजे लुङ पुग्यौं।करिब १ लाख जनसमुदायको उपस्थिति रहेकोमा देवालीमा सहभागीमध्ये झण्डै २५ हजार मतदाताहरूलाई त एकै स्थानमा नमस्कार गर्ने संयोग मिल्यो ।

४८ बर्षको भइसक्दा अझै लुङको देवालीको भव्यता हेर्न नसकेकोमा पछुतो मान्दै दिउँसाे १२:०० बजेसम्म रामरमिता र भेटघाटमै बिताइयो। अनि खलंगा फर्केर खाना खाई इशान कृषि फर्ममा मित्रहरूसँग भेटघाट र बधाई ग्रहण तथा छलफलमा सहभागी हुनपुगें। जहाँ प्युठान नगरपालिकाका संस्थापक नगरप्रमुख अर्जुन कक्षपतिसहित नवीनकुमार श्रेष्ठ, लाेकबहादुर गुरूङ, मीनबहादुर कुँवर, गिरूप्रसाद भण्डारीलगायत साथीहरूसँग लामो छलफल र मित्रमिलाप चल्याे। र, साँ खलंगा फर्केर लेकाली निवासको अतिथि बनेर रात बित्यो।

मंसिर १६ गते

बिहान ८:०० बजे प्युठान नपा – १ धाइरीचौरबाट नियमित जिन्दगीको रथ अघि बढ्यो । भलबाङ, फुलघाट, सालघारीर खैरा गाँजरी, फुलबारअं, मिलनचोक भएर भुवनेश्वरी माविले गरेको स्वागतमा सरिक भयाैं। अनि क्वाडी धामीटाेल, चिदीखोला बडरपाटा हुँदै कमरेड केशव कार्कीको निवास बिजुवार झोलुङ्गे पुलछेउ पुगेर कार्की बन्धुहरूको देवालीको प्रसाद तथा निर्वाचनमा विजयको बधाई एकसाथ ग्रहण ग-यौं। अनि सबैलाई धन्यवाद दिई अड्डापाटा, आरामनेटा, रिची, सेपुङ, ओखरबोट, मान्द्रेचौर र भरङ्गा हुँदै मरण्ठाना, टाँकुरामाआदरणीय मेघबहादुर केसीको घरमा बाग्दुला फर्केर रात्रिबास बस्यौं।

मंसिर १७ गते

बिहान ८:०० बजे प्युठान जिल्ला अस्पतालमा बधाई ग्रहण तथा अन्तर्क्रियामा सहभागी भइयो। हाल अस्पतालले खेप्नुपरेका समस्याहरूको उरूङ सुन्दा कहालिलाग्दो अवस्था अनुभूति भयो। प्युठान, गुल्मी, अर्घाखाँची र रोल्पासम्मका बिरामीले उपचार गराउने प्युठान अस्पताल ९ महिनादेखि मेडिकल सुपरिटेन्डेन्टबिहीन भएर निमित्त सुपरिटेन्डेन्ट खिमप्रसाद पार्धेले नेतृत्व धानी संचालन गर्नुभएको तथा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्यसमेत नियुक्त नगरी भगवान भरोसामा छाडिएकाे दुर्दशा अवगत भयो।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो सार्वजनिक कार्यक्रममा सहभागिता र छलफलसहितको यो आयोजना स्वयंमा महत्त्वपूर्ण र सन्देशमूलक थियो। तर आयोजना र संयोजनमा लय र ताल नमिलेको महसुस भयो। तथापि अस्पताल प्रशासन र सामाजिक अभियन्ता सुमन सुवेदीको सुझाव र समन्वयको लागि धन्यवाद भन्न चाहन्छु।

दिउँसो बिजुवार, टारी, बोजिनी, खड्केडेरा, ढुङ्गेठाँटी हुँदै जुम्रिकाँडा ठुलागाउँ पुगेर बधाई ग्रहण तथा धन्यवाद ज्ञापनमा सरिक भयौं। त्यसक्रममा लिस्नेभन्ज्याङ पुगेर हामीले नै पहल गरी बजेट व्यवस्था गरी निर्माण कार्य भएको ठुलागाँउ- लिस्नेभन्ज्याङ सडकको अवलोकन र स्थलगत निरीक्षणसमेत गर्न संयोग मिल्यो। र, जुम्रिकाँडाको उल्लासमय बधाई ग्रहण र धन्यवाद ज्ञापनको दिउँसो ३:०० बजे समापन गरियाे।

साँझ पार्टीका नौबहिनी गाउँपालिका कमिटी अध्यक्ष विष्णु केसी, पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल, स्थापित व्यवसायी शंकर केसीका निवास सिरूबारी र बाहने तथा रेशम केसीको निवास बाग्दुलामा देवालीको प्रसादग्रहण गरी साँझ बास बसिएको जानकारी गराउन चाहन्छु।
याे क्रम जारी छ….!

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार ०९:०८