२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कमल थापाको पार्टीले पनि पायो समानुपातिकमा १२ हजार २६४ मत

१७ मंसिर, काठमाडाैँ । कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ । राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रहेको राप्रपा नेपालले प्रदेश सभातर्फ भने मत बढाएको देखिन्छ । उक्त पार्टीले प्रदेश नम्बर १ मा ३,३९१ मत पाएको छ ।

बागमती प्रदेश सभामा समानुपातिकतर्फ ५६७५ मत प्राप्त गरेको छ । मधेश प्रदेशमा ६,५२२ मत ल्याएको छ । यस्तै गण्डकीमा ९०५ मत पाएको राप्रपा नेपालले लुम्बिनी प्रदेशमा भने ३,३४९ मत प्राप्त गरेको छ । यसै गरी कर्णाली प्रदेशमा ६०६ मत र सुदूरपश्चिम प्रदेशमा १,२३९ मत ल्याएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १९:४४