६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते काठमाडौंमा हुने


१६ मंसिर, काठमाडाैं । नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते काठमाडौंमा हुने भएको छ ।  कोरोनाका कारण नेपालको होटल उद्योगमा परेको नकारात्मक प्रभावलाई काम गर्नका लागि खुल्ला नोमिनेशन र गोप्य तथा आधुनिक मूल्याङ्कन प्रक्रियाबाट होटल अवार्ड आयोजना गर्न लागिएको आयोजक रेन्डरबुकिङले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

अवार्डमा बिभिन्न १५ विधा रहने आयोजक रेन्डरबुकिङका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिए । उनले अवार्डका क्रममा गरिने होटलको मूल्याङ्कन र जानकारी पनि गोप्य रहने बताए ।

पत्रकार सम्मेलनमा महानायक राजेश हमालले नेपालका होटलको गुणस्तरका बारेमा प्रश्न उठ्ने गरेकोमा यस अवार्डले होटलको वास्तविक मूल्याङ्कन हुने अपेक्षा राखे । रेन्डरबुकिङले अवार्डको पारदर्शीतामा कुनै प्रश्न उठ्न नदिने समेत जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १७:१६