२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

१४७ मत नभेटेपछि दोलखामा मतगणना स्थगित

१६ मंसिर, काठमाडौं । दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।

कालिन्चोक गाउँपालिका १ को उक्त मतपत्र नभेटिएपछिमतगणना स्थगित भएको हो। अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ । उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १४:२३