७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

ज्योति विकास बैंककाे संस्थापक सेयर बिक्रीमा

१६ मंसिर, काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेकाे हाे ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरि बैंकको केन्द्रीय कार्यालय कमलपाेखरी, काठमाडौँमा निवेदन दिन आग्रह गरेको छ ।

तोकिएको समय अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाइने पनि बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : December 2, 2022 at 11:39 am