६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

अब काठमाडौंमा राति १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

१५ मंसिर, काठमाडौं । काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालिन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो। बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जानकारी गराएको छ।

निर्णयअनुसार मदिरा पसलहरु राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म र डिस्को तथा क्लब बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

रात्रिकालिन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । अहिले धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेष्टुरेन्ट बन्द गराउँदै आएको छ ।

प्रकाशित मिति : December 1, 2022 at 6:21 pm