६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

५ जनामा कोरोना संक्रमण पुष्टि, २४ संक्रमित निको

१५ मंसिर, काठमाडाैं । नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  देशभर गरिएको ३ सय ३७ पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५३ हजार १ सय ५ पुगेको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : December 1, 2022 at 3:54 pm