२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

तरलताको अभाव व्यवस्थापन गर्न २० अर्बकाे रिपाे जारी गर्दै राष्ट्र बैंक

१५ मंसिर, काठमाडाैं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन आज मंसिर १५ गते बिहीबार १४ दिने रिपो जारी गर्न लागेको हो।

उक्त रिपोका लागि वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न सक्नेछन् । यो रिपो मंसिर २९ गते परिपक्क हुनेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्।

रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिङ्ग प्रणालीमा तरलता प्रवाह गर्न तथा बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलतालाई प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन् । यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट अल्पकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको व्यवस्थापन गर्ने कार्य गर्दछ ।

प्रकाशित मिति : December 1, 2022 at 1:50 pm