२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

आज पनि बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१५ मंसिर, काठमाडाैं । नेपाली बजारमा काराेबारकाे पाचाैं दिन बिहीबार सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो। बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

अघिल्लाे काराेबारकाे दिन बुधबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ३३० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर  १ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : December 1, 2022 at 11:30 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/