१० असार २०८३, बुधबार | Wed Jun 24 2026

किंगफिसर बियर खाँदा मलेसियामा मृत्यु भएका ६ र बिरामी १६ जना नेपालीको पहिचान खुल्यो

३ असोज, काठमाडाैँ । मलेसियामा किंगफिसर बियर नामको विषाक्त रक्सीका कारण ज्यान गुमाउने र बिरामी हुने नेपालीको सबैको पहिचान खुलेको छ । मलेसियामा रहेको नेपाली दूतावासका अनुसार ६ जना नेपालीको ज्यान गएको छ भने १६ जना बिरामी भएका छन् र उनीहरू सबैको पहिचान खुलेको छ । मृत्यु हुनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेका छन् ।

यसैगरी बिरामी हुनेमा संखुवासभाका लुंगनाथ मगर, सिन्धुलीका जितबहादुर माझी, बर्दियाका प्रविन थारु, सुनसरीका दुर्गाबहादुर राई, रोल्पाका भागीमान डाँगी, बाराका राधेश्याम बैठा, रुपन्देहीका रामचन्द्र लोध, गोरखाका लोकबहादुर बराम, सर्लाहीका रिखामान स्याङतान, नवलपरासीका दुर्गा सिंह राना, पाँचथरका सेतेवीर तुम्बाप्पो, मोरङका जम्वीरलाल झाँगड, ठेगाना नखुलेका सरु मगर, सुकुवल घिसिङ, राजेश कुमार र विमल कार्की छन् र  उनीहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : September 19, 2018 at 9:35 pm