२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

स्याङ्जा २ मा कांग्रेसका धनराजले लिए अग्रता, पछ्याउँदै पद्मा अर्याल

१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका गुरुङले ३ हजार ९०१ एक मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार अर्यालले ३ हजार २४७ मत पाएकी छन् । गुरुङ र अर्यालबीच ६९२ मतान्तरकाे फरक छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०९:३५