५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

विश्वकप फुटबलः डेनमार्कलाई १–० पराजित गर्दै अष्ट्रेलिया नकआउट चरणमा


१५ मंसिर, काठमाडाैँ । कतारको अल जुनब रङ्गशालामा विश्वकप फुटबल अन्तर्गत गएराति भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १–० गोलअन्तरले हरायो । अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गरे ।

फ्रान्स र अष्ट्रेलिया दुवैले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडेका छन् । गोलअन्तरमा अघि रहेर फ्रान्स समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्यो । यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडेर तेस्रो स्थानमा रहयो । डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो । दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०८:४०