२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

सत्ताको आदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्ता ‘कु’, कहाँ छ महासंघ र काउन्सिल ?

१४ मंसिर, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आदेशमा राष्ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्ता ‘कु’ भएको छ । क्याप्टेन रामेश्वर थापाको पहलमा एपिवान टेलिभिजनका प्रधानसम्पादक टीकाराम यात्रीले तमसोमा ज्योतिर्गमय कार्यक्रममा लागि अन्तर्वार्ता लिएको भन्दै दुई वटा प्रोमो सार्वजनिक गरेका थिए । जुन प्रोमो अहिले पनि यात्रीको फेसबुकमा रहेको छ ।

अन्तर्वार्ता रोकिएपछि प्रधानसम्पादक यात्रीले भनेका थिए ‘हामीले प्रोमो प्रशारण गरेलगत्तै निर्वाचन आयोग एवं विभिन्न दलका शीर्ष नेतृत्व तहबाट यसबारे चासो व्यक्त भएको र निर्वाचन अवधिको स्थिर समयमा राष्ट्रपति ज्यूको अन्तर्वार्ता प्रशारण गर्न बान्छनीय नहुने सुझाव हामीलाई प्राप्त भएका कारण उक्त अन्तर्वार्ता निर्वाचनको मतदानपछि आइतबार राति मात्र प्रशारण गरिने जानकारी गराउँदछौँ।’ प्रधानसम्पादक यात्रीले यस्तो घोषणा गरेको भए पनि दुईवटा आईतबार खेर गयो अन्तर्वार्ता प्रशारण भएन । सामाजिक सञ्जालमा सयौँले उक्त अन्तरवार्ताको बारेमा चासो प्रकट गरे पनि टेलिभिजनका तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।

एपिवान स्रोतका अनुसार उक्त अन्तर्वार्ता बालुवाटारबाट सत्तारूढ दलका नेताहरूले आदेश दिएपछि रोकिएको हो । तर प्रधानसम्पादकले उक्त अन्तर्वार्ता ‘कु’ हुनुको कारण निर्वाचन आयोग भएको संकेत गरे । यद्यपी राष्ट्रपतिको अन्तर्वार्ताका बारेमा निर्वाचन आयोले समान्य चासो समेत प्रकट नगरेको स्रोतले बताएको छ । दैनिकीसँग कुरा गर्दै एक निर्वाचन आयुक्तले भने ’हामीले रोक्न भनेका भए मौखिम आदेश दिँदैन थ्यौँ । हाम्रोमा त कागज चल्छ । यसमा किन आयोगलाई जोडियो त्यो त एपिवान टेलिभिजनले नै जानोस् ।’

उक्त अन्तर्वार्ता प्रशारण हुँदा सत्तारूढ गठबन्धनको मत प्रभावित हुन सक्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका अन्य शीर्ष नेताले पनि अन्तर्वार्ता रोक्न क्याप्टेन थापालाई आदेश दिइएको बताइएको छ । तर प्रधानसम्पादकले आइतबार प्रशारण गर्ने भनेर घोषणा गरेको अन्तरवार्ता अहिलेसम्म गायब हुनु खोजीको विषय बनेको छ । टेलिभिजनमा अन्तर्वार्ता पनि प्रशारण नहुने र प्रधानसम्पादक वा व्यवस्थापनले पनि केही प्रतिक्रिया नजनाउनुले राष्ट्रपतिको अन्तर्वार्ता देखाएर अन्य कुनै विषयमा मोलमोलाई भएको हुनसक्ने शंकाहरू समेत व्यक्त भएका छन ।

किशोर नेपालको फेसबुक र ट्वीटर खोज्ने पत्रकार महासंघले राष्ट्रप्रमुखको अन्तर्वार्ता ‘कु’ हुँदा समेत चाल नपाउनु झन सन्देहको विषय बनेको छ । असम्बन्धित व्यक्तिको उजुरीमा समेत सञ्चार माध्यमलाई स्पष्टिकरण सोध्ने र आदेश दिने प्रेस काउन्सिल समेत पत्रकार आचारसंहिताको मुलमर्म विपरितको काम एपिवानबाट हुँदा कानमा तेल हालेर सुतेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तर्वार्ताको प्रोमो तल हेर्न सक्नुहुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तर्वार्ताको प्रोमो १

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको अन्तर्वार्ताको प्रोमो २

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १४:४७