६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

निर्वाचनको परिणाम सोचेजस्तो नआएको एकीकृत समाजवादीकाे निष्कर्ष

१३ मंसिर, काठमाडाैं । नेकपा एकीकृत समाजवादीले निर्वाचनको परिणाम सोचेजस्तो नआएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको समाजवादीको सचिवलय बैठकले अहिलेसम्मको चूनावी नजिताको समिक्षा गर्दै पार्टीले सोचेजस्तो नजिता आउन नसकेको निष्कर्ष निकालेको छ ।

बैठकपछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले निर्वाचनको परिणाम सोचेजस्तो नआएपनि गठबन्धनको कारण पाएको उपलब्धिको रक्षा गर्नुपर्ने निष्कर्ष निकालिएको बताए । उनले गठबन्धनको भावना अनुसार आगामी दिनमा पनि अघि बढ्नुपर्ने धारणा राखे ।

उनले निर्वाचनको पूर्ण नतिजा आएपनि थप छलफल हुने जानकारी दिए । बैठकले निर्वाचनलाई सफल पार्न भूमिका खेल्ने सवैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : November 29, 2022 at 4:38 pm