१४ पुष २०८२, सोमबार | Mon Dec 29 2025

न्याय माग्न सर्वाेच्च अदालतको गेटबाट पुगेकी विनु यदाव प्रहरी नियन्त्रणमा

१३ कात्तिक, काठमाडौंमहिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला न्याय माग्न पुगेकी विनु यादव सर्वाेच्च अदालतकै गेटबाट प्रहरीको नियन्त्रणमा परेकी छन् ।

पतिबाट आफूमाथि हिंसा भएको र त्यसविरुद्ध न्याय माग्न जाँदा कतैबाट नपाएको गुनासोसहित मंगलबार उनी सर्वाेच्च अदालत पुगेकी थिइन् । तर, ट्याक्सीबाट ओलिर्नेवित्तिकै सुरक्षाकर्मीको घेरामा परेकी उनले आफू बोकेर गएको रातो रंग सर्वाेच्च अदालतको गेटमा फ्याँकिन् । घोलिइरहेको रातो रंग गेटमा पोखेकी उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

आफूमाथि भएको हिंसा र न्याय नपाएको विरोधमा रातो रंग फ्याँकेकी उनले प्रहरीको गाडीभित्रबाट कराइन्, ‘सबै बिक्यो, अदालत बिक्यो, न्यायाधीश बिक्यो, मैले कहाँबाट न्याय पाउने ? १६ दिने अभियान चलाइराख्दा खै पीडितलाई न्याय ?’

उनले भनेजस्तै ३१औं अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १३ दिने अभियान संसारभर चलिरहेको छ । तर, दैनिकजसो महिला हिंसामा परेको, हत्या भएको, न्याय नपाएको घटना सार्वजनिक भइरहेका छन् ।

न्यायकै लागि सर्वाेच्च अदालत पुगेकी सिरहाकी विनु प्रहरी नियन्त्रणमा परेकी हुन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि उनले चिच्याउँदै भनिन्, ‘‘मलाई न्याय चाहियो ।’

उनको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन छ । तर, न्यायका लागि भन्दै उनी सडक संघर्षम उत्रिन थालेकी छन् ।
केही महिनाअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी उनले आफूमाथि पतिसहित घरपरिवारबाट शारीरिक र मानसिक रुपमा हिंसा भएको बताउँदै आएकी छन् । काका ससूरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेको उनको आरोप छ । विनुसँगै ज्यास्मिन ओझालाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार १४:०१