१० असार २०८३, बुधबार | Wed Jun 24 2026

लगानी बोर्डमा दुर्इ वर्षका लागि चार सदस्य नियुक्त, आगामी मार्चमा लगानी सम्मेलन गरिने

३ असोज, काठमाडाैँ ।  लगानी बोर्डको बैठकले सन् २०१९ को मार्चामा लगानी सम्मेलन गर्ने गरी प्रस्ताव गरेको छ । नेपालमा पूर्वाधार लगानीका लागि आवश्यक वातावरण बनाउन उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो । बोर्डको मंगलबार बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

यस्तै बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा र बालकृष्ण शिवाकोटीलाई दुई वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरु यथाशक्य छिटो कार्यान्वयन गर्नुपर्ने बताउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न आवश्यक कानूनको निर्माण तथा संशोधन गर्नुपर्ने भए यथाशक्य प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए ।

प्रकाशित मिति : September 19, 2018 at 6:56 am