७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

धनुषा ४ मा एमाले सचिव रघुवीर महासेठ विजयी, मधेशमा एमाले पहिलो दल

१३ मंसिर,, काठमाडाैँ । धनुषा ४मा नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा महासेठ १२४ मतान्तरमा विजयी भएका हुन । उनले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतले हराएका हुन । प्रप्त मतपरिणामा अनुसार एमालेका महासेठले ३२२३६ मत प्राप्त गरेका छन भने कांग्रेसका यादवले ३२११२ मत प्राप्त गरेका छन । यो जितसँगै मधेशमा एमाले पहिलो दल पनि भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा एमालेले राम्रो जित निकालेको छ । प्रदेशमा एमालेले १५ सिट जितेको छ ।

प्रकाशित मिति : November 29, 2022 at 8:35 am