१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

मोटरसाइकल चोरीमा संलग्न भुपेन्द्र पक्राउ

१२ मंसिर, काठमाडौं। मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको चार थान मोटरसाइकलसहित प्रहरीले उसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुर्खेत भेरीगंगा नगरपालिका-४ घर भई हाल ललितपुर इमाडोल बस्ने २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगर रहेका छन् ।

काठमाडौं महानगरपालिका–९ एयरपोर्टबाट पक्राउमा परेका भुपेन्द्र भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट एक थान मोटरसाइकलसहित पक्राउ परेका हुन् । उपत्यकाको विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरी हुने क्रम बढ्दै गइरहेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १३:०६