२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

बुथ क्याप्चर भएकाे दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुन: मतदान हुने

१२ मंसिर, काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान हुने भएकाे छ । आज बिहान बसेको  जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैंठकले १५ गते निर्वाचन गराउने निर्णय गरेको हो ।

नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो ।  साेही टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

सिफारिसका आधारमा  वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः मतदान गराउने निर्णय आयोगले गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १०:३५