२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एमालेको लोकप्रिय मत २५ लाख प्लस, माधव नेपालको समाजवादी जनमत पार्टी भन्दा पनि पछि पर्यो

११ मंसिर, काठमाडाैँ । नेकपा एमालेको लोकप्रिय मत २५ लाख प्लस भएको छ । ९१,६९,६२८ मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)ले २५,००,६१० मत प्राप्त गरेको छ ।

नेपाली काँग्रेसले २३,७२,४४६ मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले १०,५५,०२० मत प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १०,४४,६३५ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,४२,३०६ मत प्राप्त गरेको छ ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालले ३,१३,५२२ मत प्राप्त गरेको छ । त्यस्तै जनमत पार्टीले २,४९,८८४ मत प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले २,४६,१३६ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार २३:५४