२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कांग्रेसले बुथ कब्जा गरेका दोलखाको १० ठाउँमा पुनः मतदान गर्ने निर्णय, एमालेका लागि फाइदा

११ मंसिर, काठमाडाैँ । निर्वाचन आयोगले नेपाली कांग्रेसले कब्जा गरेको दोलाखाका १० वटा केन्द्रमा पुनः मततान गर्ने निर्णय गरेको छ । स्थलगत अनुगमन प्रतिवेदनपछि बसेको आयोगको बैठकले पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगले १० स्थानमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको निष्कर्षसहित यस्तो निर्णय गरेको हो ।

मंसिर ४ गते आइतबार भएकै निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन रद्द गर्दै निर्वाचन आयोगको आइतबारको बैठकले पुन: मतदान गर्ने निर्णय गरेको हो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । ती स्थानमा यही मंसिर १५ गतेभित्र पुन: मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको छ । यस्तो छ आयोगको निर्णय । कडा सुरक्षा घेरामा दोलखामा पुनः मतदान हुँदा यसको फाइदा नेकपा एमालेले लिन सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १९:४०