२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

अनेरास्ववियुका नेता चेतन अयडीको हत्यामा संलग्न कांग्रेस कार्यकर्तालाई कारबाही माग गर्दै प्रदर्शन

११ मंसिर, काठमाडाैँ । अनेरास्ववियुले चेतन अयडीको हत्यामा संलग्न रहेका कांग्रेस कार्यकर्तालाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष अयडीको हत्या भएको भन्दै कारबाहीको माग राखेर प्रदर्शन गरेका हुन् ।

काठमाडौंमा आइतबार गरिएको प्रदर्शनमा सहभागीले ‘हत्या हिंसा बन्द गर, चेतन अयडीलाई न्याय दे, शान्ति सुव्यवस्था कायम गर’ प्लेकार्ड बोकेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १८:५०