२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

राष्ट्रपति बन्ने चट्टानी चाहना बोकेका झलनाथलाई हराउँदै इलाम १ मा एमालेका महेश बस्नेत विजयी

११ मंसिर, काठमाडौँ । राष्ट्रपति बन्ने चट्टनी चाहना बोकेका नेकपा एकीकृत समाजवादीका समानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै इलाम १ मा नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन । सुरूवातदेखि नै खनाललाई दबाबमा राखेका बस्नेतले गन्न बाँकी रहेको मतभन्दा बढी मतको अग्रता बनाएका छन । खनाल २९ सय ५७ मतले पराजित भएका हुन् ।

बस्नेतले बस्नेतले २४ हजार ३०४ मत ल्याएका छन। खनालले २१ हजार ८०२ मत प्राप्त गरेका छन । खनालले अहिले मतगणना स्थलबाट निस्केर हिडेँका छन । आफूले जित्न पुनः मतदान हुनुपर्ने माग राखेका खनाल त्यो माग पूरा नभएपछि निराश हुँदै फर्किएका छन । उनले राखेको राष्ट्रपति हुने चाहनाका लागि संसद नै बन्नुनपर्ने भए पनि चुनाव हारेपछि भने नौतिक रूपमा संकत उत्पन्न हुनेछ । यद्यपी कांग्रेसले उनको रहर पूरा गर्न दिने सम्भावना निकै काम देखिन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १५:५९