७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आजै सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक

११ मंसिर, काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा आज मंसिर ११ गते आइतबार नै सार्बजनिक गर्ने तयारी गरेको छ। केहि दिन अघि नै राष्ट्र बैंकको अनुसन्धान विभागले मौद्रिक नीतिको समीक्षाको तयारी सकेर उच्च व्यवस्थापनमा बुझाएको थियो ।

उच्च व्यवस्थापनबाट पनि गत साता नै मौद्रिक नीतिको समीक्षा पारित भइसकेको छ। अब केन्द्रिय बैंकको बोर्ड बैठकले पारित गर्ने वित्तिकै समीक्षा सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ।

ब्याजदर महाँगो भएको भन्दै उद्योगी व्यवसायीहरु चुनावअघि नै आन्दोलनमा उत्रिएका थिए। गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत व्यवसायीको माग सम्बोधन गर्ने बताएका छन्। यसले गर्दा पनि केन्द्रिय बैंकले समीक्षामा केहि लचिलो नीति लिन सक्ने बुझिएकाे छ ।

प्रकाशित मिति : November 27, 2022 at 12:38 pm