२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

रामेछापमा कांग्रेसका कान्छाराम विजयी

११ मंसिर, रामेछाप । रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।

नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को मतान्तरले पराजित गर्दै कान्छाराम विजयी भएका हुन् । कान्छारामले ४७ हजार ९९ मत ल्याउँदा एमालेका ढुङ्गेलले ३० हजार ७ सय ३० मत पाए ।

एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो । त्यसमध्ये ८३ हजार ८९९ मत सदर भएको थियाे ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ११:४७