२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

समानुपातिक तर्फ एमालेले कटायो २३ लाख मत

११ मंसिर, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समानुपातिक तर्फ २३ लाख मत कटाएकाे छ । निर्वाचन आयोगको बिहान ९ बजेको तथ्यांक अनुसार एमालेले २३ लाख ८९६ मत प्राप्त गरेको छ। कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएर दोस्रो स्थानमा छ ।

नेकपा (माओवादी केन्द्र) ले ९ लाख ६५ हजार ३४५ मत प्राप्त गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७ सय ६० मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८६ हजार २९७, जनता समाजवादी पार्टीले २ लाख ८७ हजार ४७७, नेकपा (एकीकृत समाजवादी) ले २ लाख २० हजार ५२८ मत प्राप्त गरेको छ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १०:०६