२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

तीन दिनदेखि विजयी भनेर बधाई खाएका गिरिराजमणि पोखरेललाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

११ मंसिर, महोत्तरी । महोत्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा तीन दिनदेखि विजयी भनेर बधाई खाइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराउँदै नेकपा एमालेका लक्ष्मी महतो विजयी भएका छन ।

पोख्रेललाई १०३० मतको अन्तरले हराउँदै एमालेका लक्ष्मी नारायण महतो कोइरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  । लक्ष्मी महतोले २३४०२ मत पाउँदा गिरीराजमणी पोख्रेलले २२३७२ मत पाए ।

१५ वर्षदेखि माओवादीको आधार क्षेत्र बनेको महोत्तरी १ मा एमालेले जित निकालेको हो । पाँच दलीय सत्ता गठबन्धनबाट उम्मेदवार बनेका पोखरेल जित निश्चित भएको भन्दै सामाजिक सञ्जालमा तीन दिनदेखि सयौँ बधाइ खाएर बसेका थिए । तर आइबारबिहान आएको मतपरिणामा उनको ती बधाइ खुशीहरू एकै पटक लुटेको छ । एमाले नेता गुरु भट्टराईले महोत्तरी १ को चुनावी कमाण्ड सम्हालेका थिए ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार ०७:३१