२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

इलाम-२ मा एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

१० मंसिर, इलाम । इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ विजयी भएका छन । उनले ३० हजार २० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यसअघि स्थगित भएको मतगणना शनिबार राति ९ बजेदेखि फेरि सुरु भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २३:११