२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सरकारमा सहभागी हुन गठबन्धन गर्न तयार छाैँः रवि लामिछाने

९ मंसिर, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार  चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए । उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन् । उनले सरकारमा सहभागी हुन गठबन्धन नै गर्नुपर्ने पार्टी तयार रहेको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १९:५९