२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सुनसरी २ (१) एमालेका रेवतीरमण भण्डारी विजयी

९ मंसिर, काठमाडाैँ । सुनसरी क्षेत्र नं २ प्रदेशसभा (१) मा एमालेका रेवतीरमण भण्डारी विजयी हुनुभएको छ । उहाँले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर, माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गर्नुभएको हो । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्षसमेत हुनुहुन्छ । भण्डारीले १४ हजार पाँच सय २८ तथा चौधरीले ११ हजार आठ सय ४५ मत प्राप्त गर्नुभएको छ । दुवैजनाबीच दुई हजार छ सय ८३ मतान्तर रहेको छ ।

त्यसैगरी राप्रपाका मोहनबहादुर खत्रीले नौ हजार ३२२ तथा स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले तीन हजार २०८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १८:४८