२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पाँच दलीय सत्ता गठबन्धनलाई धुलो चटाउँदै काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाको शान्दार जित

९ मंसिर, काठमाडाैँ । पाँच दलीय सत्ता गठबन्धनलाई धुलो चटाउँदै काभ्रे २ मा नेकपा एमालेका प्रभावशाली युवा नेता गोकुल बाँस्कोटा विजयी भएका छन । २ वटा बुथको मतगणना बाँकी छदैँ बाँस्कोटा विजयी भएका हुन ।

५००० मत गन्न बाँकी रहँदा बाँस्कोटा ५७१८ मतान्तरमा अग्रता लिइरहेका छन । बाँस्कोटाले ४३५६३ मत प्राप्त गरेका छन भने पाँच दलीय गठबन्धनका लागि नेपाली कांग्रेसकाबाट उम्मेदवार बनेका शिव हुमागाइँले ३७६०७ मतसहित पछ्याइरहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले काभ्रे २ मा अहिलेसम्म ९३५४ मत प्राप्त गरेका छन ।

पुरै राज्यको शक्ति पराजित गर्दै विजयी

बाँस्कोटाको विरूद्धमा पुरै राज्यशक्तिको प्रयोग भएको थियो । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सम्पूर्ण ताकत खर्च गरे पनि बाँस्कोटाले शान्दार विजय निकालेका छन । एमालेमा ओलीपछि कांग्रेस र माओवादीको मुख्य निशानामा बाँस्कोटा रहेका थिए । पूर्व सञ्चार र सहरी विकासमन्त्री समेत रहेका बाँस्कोटा खरो स्वभावका भएका कारण केही ओलोचित पनि छन ।

गल्ती नगर्ने र नडराउने बानीका बाँस्कोटाले सञ्चारमन्त्री भएका बेलामा कांग्रेस नेता बिनोद चौधरीको स्वार्थ पूर्तिका लागि काम नगरेपछि माओवादी र कांग्रेसको निशानामा पर्दै आएका छन । यस चुनावमा सामाजिक सञ्जालमा विपक्षीको निशानामा पनि सबैभन्दा बढी बाँस्कोटा नै परेका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०९:३६