२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कांग्रेसका उमाकान्त चाैधरीलाई मतगणनास्थल कब्जा गर्न सहयोग नगरेपछि सशस्त्रका डिएसपी परिवर्तन

९ मंसिर, बारा । बाराको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चाैधरीलाई मतगणनास्थल कब्जा गर्न असहयोग गरेको भन्दै सशस्त्र प्रहरीका डिएसपीको कमाण्ड परिवर्तन गरिएको छ ।

मन्त्री चाैधरीले मतगणनास्थल कब्जाका लागि गरेको प्रयासमा असहयोग गरेपछि  निर्वाचन हुनुभन्दा अगाडीदेखि खटिएका सशस्त्रका नायब प्रहरी नायव उपरीक्षक जगन्नाथ खड्का परिवर्तन गरिएका हुन ।

खड्कालाई परिवर्तन गरी सशस्त्रका अर्का डिएसपी विक्रममणि अधिकारीलाई जिम्मेवारी दिइएको हो । मन्त्री चाैधरीका प्रतिनिधिले मंगलबार दिउँसो मतगणना बिथोल्न तथा तारबार भत्काउने प्रयास गर्दा प्रहरीले रोकेको थियो । त्यसपछि करिव ९ घण्टा मतगणना समेत रोकिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:०१