२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

ललितपुर–३ को प्रदेशसभा (२) मा एमालेका प्रेमभक्त महर्जन विजयी

९ मंसिर, काठमाडाैँ । ललितपर क्षेत्र नं ३ को प्रदेशसभा (२) बाट नेकपा एमालेका प्रेमभक्त महर्जन विजयी हुनुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठलाई एक हजार २८ मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार महर्जनले नौ हजार ५८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका श्रेष्ठले आठ हजार ३० मत प्राप्त गर्नुभयो । राप्रपाका उम्मेदवार सविनकुमार खड्काले सात हजार सात सय ४५, नेमकिपाका नरेश महर्जनले एक हजार पाँच सय दुई तथा जनता समाजवादीका दीपक दोर्जे लामाले तीन सय एक मत प्राप्त गर्नुभयो ।

यस्तै, लोकतान्त्रिक समाजवादीका प्रकाश खड्गीले एक सय ८३, नेश्ललिष्ट पिपुल्स पार्टीका मनिमान निजानन्दले एक सय १४ तथा स्वतन्त्र उम्मेदवारद्वय विनोद कुँवरले पाँच सय एक र विपिन शाहले तीन सय २१ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ४५ हजार ३५ मतदाता थिए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०६:३२