२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

दाङ–३ बाट कांग्रेसका दीपक गिरी विजयी

९ मंसिर, दाङ । दाङको निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक गिरी विजयी हुनुभएको छ । उहाँ ३६ हजार आठ सय ४२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

गिरीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की कोमल वलीले २९ हजार ३२ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार गिरीले वलीलाई सात हजार आठ सय १० मतान्तरले पराजित गर्नुभएको हो ।

यसैगरी राष्ट्रि«य स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत प्राप्त गर्नुभयो । दाङ क्षेत्र नं. ३ मा कूल एक लाख ४६ हजार चार सय ७५ मतदाता रहेकामा ९० हजार एक सय ५० जनाले मतदान गरेका थिए

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०६:२५