२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नुवाकोट १ मा हितबहादुर र रामशरणको गाउँमा पनि विजयी भएरै अघिबढे एमालेका बद्री मैनाली

८ मंसिर, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को मतगणना जारी छ । अहिलेसम्म नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता लिइरहेका छन । पाँच दलीय गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका हितबहादुर तामाङ र नेपाली कांग्रेसका नेताहरू डा रामशरण महत, डा प्रकाशरण महत र रमेश महतको गाउँमा  पञ्चकन्या गाउँपालिकामा समेत विजयी हुँदै मैनालीले आफ्नो अग्रता कायम राखेका छन ।

चार वटा पालिकाको मतगणना सम्पन्न हुँदासम्म एमालेका मैनालीले ५०२  मतको अग्रता कायम राखेका छन । अब तीन वटा गाउँपालिकाको मतगणना बाँकी रहेको छ । अहिलेसम्मको ३४,५०१ मतगणनामा मैनालीले १३,२३० मतसहित अग्रता लिएका छन । तामाङले १२,७२८ मतसहित पछ्याइरहेका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:११