२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

३२ वर्षपछि सगरमाथाको जिल्ला साेलुमा एमाले पहिलो पटक विजयी, मानवीर राईको शान्दार जित

८ मंसिर, काठमाडाैँ । सगरमाथाको जिल्ला साेलुखुम्बुमा एमालेले ३२ वर्षपछि पहिलो पटक जित निकालेको छ ।  साेलुखुम्बुमा बहुदल (२०४८) पछि भएका प्रतिनिधिसभा/संविधानसभाका चुनावमा पहिलो पटक एमालेले जित निकालेको हो ।

पूर्वमन्त्री तथा पूर्व सांसद बलबहादुर केसी एमालेका मानवीर राईसँग भारी मतले पराजित भएका छन । केही सय मत गणना बाँकी छँदै २०६७ मतले एमालेका मानवीर राईले अग्रता लिइहरेका छन । अहिलेसम्मको मतपरिणाममा एमालेका मनवीरले १५,९५६ मत पाएका छन भने पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसबाट उम्मेदवार बनेका बलबहादुरले १३,८८९ मत ल्याएका छन ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १२:००