२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

बंगबन्धु गोल्डकप फुटबलको २५ हजार अमेरिकी डलर पुरस्कार अर्को हप्तासम्ममा एन्फाले पाउने


२ असोज, काठमाडाैँ । नेपालले बंगबन्धु गोल्डकपको उपाधि जितेवापत ५० हजार अमेरिकी डलर पाउनुपर्नेमा आयोजकले अहिलेसम्म २५ हजार डलर मात्र उपलब्ध गराएकोमा बाँकी रकम अर्को हप्तासम्ममा उपलब्ध गराउने भएको छ । अघिल्लो संस्करणको बंगबन्धु गोल्डकप फुटबलको पुरस्कारबापतको २५ हजार अमेरिकी डलर अर्को हप्तासम्ममा अखिल नेपाल फुटबल संघ एन्फाले पाउने भएको हो।

नेपालले बाँकी रकम नदिए यसपटकको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउने सम्भावना कम मात्र रहेको बताएपछि अर्को हप्ताको शुक्रबारसम्ममा बाँकी रकम एन्फाको खातामा पठाउन लागिएको एन्फाका उपाध्यक्ष कृष्ण थापाले बताएका छन । थापाले साफ च्याम्पियनसिप फुटबलका बेला बंगलादेशी टेलिभिजनमा पुरस्कारको बाँकी रकम नपाए यस वर्षको बंगबन्धु गोल्डकपमा नेपाल सहभागि हुने सम्भावना कम भएको अन्तर्वार्ता दिएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलवार ११:०६