२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माओवादी महासचिव देवप्रसाद गुरुङलाई हराउँदै लमजुङबाट एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

८ मंसिर, लमजुङ । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा लमजुङबाट विजयी भएका छन्  । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतान्तरले  पराजित गर्दै उनले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन । विजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्द्वी देवप्रसादले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन्।   जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३८४ मत बदर भएको छ ।

प्रकाशित मिति : November 24, 2022 at 8:33 am