२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

८ मंसिर, रूपन्देही । रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी हुनुभएको छ । उहाँले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गर्नुभएको हो ।

गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिनुभयो ।

कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।

प्रकाशित मिति : November 24, 2022 at 6:58 am