२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

५ हजार मतगणना बाँकी हुँदै प्यूठानमा एमालेका सूर्य थापा भारी मतान्तरमा विजयी

७ मंसिर, काठमाडाैँ । प्यूठानमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य सूर्य थापा भारी मतान्तरमा विजयी भएका छन । ५ हजार मत गणना गर्न बाँकी छँदै थापा भारी मतान्तरमा विजयी भएका हुन । भाषणकला र लेखना कलामा अब्बल रहेका थापाले पहिलो प्रयासमा संसदको ढोका खोलेर प्रवेश अनुमति लिएका छन ।

अहिलेसम्मको अवस्थामा थापाले ३८८९४ मत प्राप्त गरेका छन भने मोहनविक्रम पत्नी सत्ता गठबन्धनकी साझा उम्मेदवार दुर्गा पाैडेलले ३३६६१ मत प्राप्त गरेकी छिन । ५०२७ मत गणना गर्न बाँकी रहेको भए पनि थापाले ५२३३ मतको अग्रता कायम गरिसकेका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार २३:००