१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

कालापानीसहितको गुमेको भूमि फिर्ता गराउने उद्घोष गर्ने एमाले दार्चुलामै अस्वीकृत !

७ मंसिर, काठमाडौँ । कालापानी, लिम्पयाधुरा, लिपुलेक लगायतको गुमेको भूमि नक्सामा समेटिसकेर भूमि फिर्ता गराउने उद्घोष गरेको नेकपा एमालेलाई दार्चुलाका जनताले अस्वीकृत गरेका छन ।

नेपाली युवाहरूको हत्या हुँदा समेत चुँ पनि नगर्ने पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्र बडुलाई विजयी गराइ दार्चुलाका जनताले नेपाली भूमिका लागि लडिरहेका नेकपा एमालेका गणेश सिंह ठगुन्नालाई अस्वीकार गरेका छन । गठबन्धन प्राविधिक विषय भए पनि एमालेको एजेण्ड दार्चुलाका सबै जनसम्म नपुगेको देखिएको छ ।

केपीओलीले दार्चुलाबाटै यस चुनावी अभियानको प्रचारको सुरूवात गरेका थिए । चुनावी अभियानका लागि तीन पटक सुदुरपश्चिम ओली पुगेको भए पनि एमालेले प्रतिनिधिसभामा जम्मा १ सिटमात्र जित्ने अनुमान गरिएको छ ।

बुधबार सम्पन्न मतगणना अनुसार प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडूले नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् । बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाए ।

एमालेले दार्चुलाबाट सुरू गरेको एमालेको सभा यस्तो थियो

प्रकाशित मिति : November 23, 2022 at 10:49 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/