२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

‘म्यान अफ दी इलेक्सन’बन्दै एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट भारी मतले विजयी

७ मंसिर, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा(५ बाट भारी मतान्तरसहित विजयी भएका छन । ‘म्यान अफ दी इलेक्सन’बन्दै ओली यो निर्वाचनमा ५० हजार मत कटाउने पहिलो उम्मेदवार बनेका छन । ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गरेका छन ।

ओलीले २८५७६ मतान्तरमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई पराजित गरे । अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका छन । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले घण्टी ११ हजार ७ सय ४९ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १८:५०